लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


न्युज अफ नेपाल, सर्लाही । लागूऔषध मुद्दाका फरार प्रतिवादी हरिवन नगरपालिका–५ बस्ने महिन्द्र महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २२ गते जिल्ला अदालत सर्लाहीमा म्याद थप पश्चात बाहिर निस्कने क्रममा अदालतको कम्पाउण्डबाट भागी फरार भएका उनलाई खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

निज प्रतिवादी महतो गत भदौ २० गते सर्लाही हरिवन नगरपालिका–११ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय ४८ ट्याब्लेट सहित पक्राउ परेका थिए ।
पक्राउ महतोलाई पुनः म्याद थप गरी लागूऔषध मुद्दा तथा थुनाबाट भागी फरार भएको कसुरमा अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।