अवैध लागूऔषध सहित सातजना पक्राउ


न्युज अफ नेपाल, दाङ । घोराही उपमहानगरपालिका–१५ प्रकृती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम २ सय ७० मिलिग्राम सहित सात जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१५ प्रकृती टोल बस्ने २१ वर्षीय सुरेश घर्तीमगर, सोही उपमहानगरपालिका तल्लो रतनपुर ताराकुन्ज टोल बस्ने १७ वर्षीय संगित बस्नेत, घोराही उपमहानगरपालिका– १६ लेटार बस्ने २७ वर्षीय नरेन्द्र रसायली, घोराही उपमहानगरपालिका–१५ दिपसिखा मनकामना टोल बस्ने २३ वर्षीय बलदेव वली, घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुर टोल बस्ने १७ वर्षीय सरोज पुरी, सोही उपमहानगरपालिका रतनपुर मनकामना टोल बस्ने १९ वर्षीय गौरव न्यौपाने र घोराही उपमहानगरपालिका–१५ बस्ने २४ वर्षीय शंकर चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।