मुस्ताङ्गमा फ्रान्सेली पर्यटकको मृत्यु


न्युज अफ नेपाल, पर्वत । उत्तरी मुस्ताङ्गको लोमान्थाङ्ग घुम्न पुगेका एक जना फ्रान्सेली पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङ्गको लोमान्थाङ गाउँपालिका वडा नं ५ स्थित तिरी खेजु डाँडामा बिरामी अबस्थामा फेला परेका जेन मार्क ब्लार्चड (पासर्पोट नम्बर १४एएल७४५९०) को अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भएको जानकारी पाएपछि ब्लार्चडलाई उपचारका लागि जोमसोम अस्पतालमा पु¥याइएको थियो । अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले जानकारी दिएको छ ।

अंन्दाजी ४५ बर्षिय ब्लार्चड हिमालयन एक्सप्लोरेसन ट्रेक मार्फत मुस्ताङ्ग घुम्न पुग्नुभएको थियो ।