पेस्तोल सहित ४ पक्राउ


न्युज अफ नेपाल, काठमाण्डौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीटोलीले पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार काठममाण्डौ महानगरपालिका-९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको छ ।

निजहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।