चट्याङ लागेर १५भेडाको मृत्यु 


न्युज अफ नेपाल, कैलाली । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा आज पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मृत्यु भएको छ । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाको मृत्यु भएको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए । भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ । “व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेको थिएँ”, विपतरामले भन्नुभयो, ‘‘म त बर्बाद भएँ, यही भेडाबाट मेरो घर चलेको थियो ।’’