शिक्षाका एक दर्जन सहसचिव सरुवा


ईश्वरराज ढकाल, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकै पटक करिब एक दर्जन सहसचिवको सरुवा गरेको छ । मन्त्री गिरिराजमणी पोखरेलले मंगलबार एकै पटक ती सहसचिव सरुवा गर्नुभएकाे हो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वावुराम पौडेल र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा, लेखनाथ पौडेललाई सरुवा गरेको छैन । बाकी अधिकांस सहसचिव सरुवा गरेको छ । मन्त्रालयको योजना महाशाखा र प्रवक्ताको जिम्मेवारी पाउनुभएका सहसचिव वैकुष्ठ अर्याललाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै मन्त्रालयका उच्च शिक्षा तथा प्राविधिक महाशाखाका प्रमुख डा.हरी लम्साललाई चिकित्सा शिक्षा आयोगमा सरुवा गर्नुभएको छ । करिब एक महिनादेखि काम विहीन सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ । त्यस्तै विष्णुप्रसाद अधिकारीलाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सरुवा गरिएको छ ।

मन्त्री पोखरेलले केन्द्रका सहसचिव दीपक शर्मालाई मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखा, भुकम्पबाट क्षतिग्रस्त विद्यालय पुननिर्माण गर्न गठित केन्द्रीय आयोजना इकाइका प्रमुख इमनारायण श्रेष्ठलाई मन्त्रालय, शिक्षक सेवा आयोगका सहसचिव डा. तुल्सी थपलियालाई मन्त्रालय, इभेन्ट परियोजनाका निर्देशक केशव दाहाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र र केन्द्रका खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रम कार्यालयमा सरुवा गरिएको छ ।

मन्त्रीका स्वकीय सचिव पुरण केसीका अनुसार एक वर्ष अघि मात्र मन्त्रालयका सरुवा भएका सहसचिव रामशरण सापकोटा र कृष्ण काप्रीलाई सरुवा नगर्ने मापदण्ड अनुसार दुई सहसचिवलाई यथावत राखिएको बताउनुभयो । उहाले सरुवा भएका सबै सहसचिवहरुसंग सचिव महेशकुमार दाहालले एक वर्षे सम्झौत गर्ने तयारी भैरहेको छ । मन्त्री पोखरेलले मन्त्री पद सम्हालेपछि यति धेरै सहसचिवको सरुवा गरेको हो पहिलो पटक हो ।