पहिरोले काठमाडौं नारायणगढ सडक अवरुद्ध


सीताराम अधिकारी, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको सडक माथीबाट आज साँझ पहिरो खसेपछि सवारी साधन रोकिएको छ ।

लेदो माटो सहिको पहिरो सडकमा बग्न थालेपछि सडकमा यातायात साधन रोकिएर संचालनमा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

१० दिन अघि पनि सो स्थानमा पहिरो झरेर राजमार्ग दुई दिन सम्म अनियमि रुपमा संचालन भएको थियो । पानी पर्न कम भएसंगै लेदो झर्न कम भएपछि रोकिएको पहिरो पुनः सडकमा झरेपछि यातायात संचालन हुन नसकेको गल्छी गाउँपालिका-७ का वडाअध्यक्ष हरि खतिवडाले जानाकारी दिनुभयो ।

सडकमा खसेको पहिरो हटाउन सोही स्थानमा राखिएको डोजरले पहिरो पन्छाइरहेको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बाउनुभएको छ । लगातार लेदो बगिरहेको र उकालोबाटोमा हिलो लेदे भएका कारण सवारी साधन चिप्लिने समस्याले गर्दा आवागमन हुन केही समय लाग्ने छ ।