गाँजा तस्करलाई पक्राउ प्रहरीले गोली चलायाे


न्युज अफ नेपाल, हेटौँडा । गाँजा तस्करलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली चलाएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका २९ का ३५ वर्षीय अफ्रिका चौधरीलाई प्रहरीले चोल चलाएर पक्राउ गरेको हो । सोमबार राति इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक पनि सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले फेला पारेको हो । ट्रकमा ७८ किलो गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तस्करले चेकजाँचको क्रममा ट्रक नरोकेपछि प्रहरीले सो भ्यानको पिछा गरेका थियो । दोस्रो राउण्डको गोली चालक चौधरीलाई लागेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । गोली चलेपछि चौधरीसँगै रहेका अर्का व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।