पर्यटकको पर्खाइमा टाम्केकोट होमस्टे


अमृत अर्याल, स्याङजा । नेपाल सांस्कृतीक विविधता तथा प्राकृतिक सुन्दरताले सजिएको मुलुक हो । पूर्व मेचिदेखि पश्चिम महाकाली सम्म सौन्दर्यका लहरहरु फैलिएका छन् । विविध प्राकृतिक एवं सांस्कृतिक महत्वले भरीएका नेपालका जिल्लाहरु मध्ये स्याङ्जा पनि एक हो । जिल्लाको गल्याङ् नगरपालिका वडा न. ५ साविकको पिडीखोला गाविस वडा न.७मा सल्यान गाउँ रहेको छ । सिद्धार्थ राजमार्ग रहेको गल्याङ् बजारदेखि करिव १६ कि.मी.को कच्चि सडक छिचोल्दै पर्यटकीय गाउँ सल्यान सजिलै पुग्न सकिन्छ ।

भौगोलिक अवस्था र हावापानी

सल्यान गाउँ समुन्द्री सतहदेखि करीव १५०० मिटर उचाईमा अवस्थित रहेको छ । पहाडी भुभाग रहेको यस गाउँको पुर्वमा गल्याङ् नगरपालिका वडा न. ६ चितुङ् गाउँ रहेको छ भने पश्चिममा स्यालबास गाउँ , उत्तरमा पर्वत जिल्ला र दक्षिणमा गल्याङ् नगरपालिकावडा न.४ रहेको छ । समशीतोष्ण प्रकारको हावापानी पाइने सल्यानगाउँमा मकै, कोदो, गहुँ, तोरी, फापर लगाएतका प्रमुख अन्नबालीहरु उव्जाउ गरीन्छ ।

सुन्तलाको पकेट क्षेत्र मानिने टामिकोट क्षेत्र कात्तिक मङ्सिरमा पाकेको सुन्तलाले क्षेत्र पहेंलै देखिन्छ । ४५ घरधुरी रहेको यस गाउँमा २ घर ब्राहमण र अन्य सवै मगर समुदायको बाहुल्यता रहेको छ ।

पर्यटकिय आर्कषणहरु

सल्यान गाउँ विभिन्न सौन्दर्यताले भरीएको एक गन्तव्य हो । भौगोलिक सुन्दरता र यहाँदेखि देखिने एतिहासिक टामीकोट दरबार क्षेत्र, मगर समुदायका मौलिक संस्कृतीहरु, खानामा अर्गानिक परीकार र लोकल सुगँुरको मासुका विभिन्न परीकारका स्वादले जो कोहीलाई मोहित पार्ने गर्दछ । मगर भाषा तथा नेपाली भाषामा मगर समुदायको मौलिक संस्कृती, सालैजो, झ्याउरे गाउँद,ै नाच्दै नचाउदै गाउँले फुलमालाद्धारा आन्तरीक तथा बाह्रय पर्यटकहरुलाई स्वागत गर्ने अनौठो चलन रहेको छ ।

गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय मार्फत विनियोजित गरीएको रु.१० लाख मार्फत निमार्ण गरीएको सभाहलमा पर्यटकहरुलाई रातमा स्थानीय कलाकारहरु, युवाक्लव , आमा समुहद्धारा विभिन्न सांस्कृतीक प्रस्तुतीले मनोरन्जन प्रदान गराइने व्यवस्थ रहेको छ । परम्परागत शैलीका घर, गाउँले परीवेश र जिवनशैली नजिकदेखि अध्ययन गर्न पाउनुको साथै बाइसे चौविसे राज्यको समयमा रहेको एक भुरे राज्य टामीकोट दरबार र उक्त समयमा सैनिकहरु परेड खेल्ने विशाल मैदान टुडिंखेल, रानीले आत्महत्या गरेको स्थान रानीफाल लगाएतका भग्नावशेष दृश्यहरु अवलोकन गर्न सकिनेछ । यहाँदेखि माछाको पुच्छर जस्तै देखिने माछापुच्छ्रे, अन्नपूर्ण लगाएतका लटरम्म हिमश्रीङ्खलाहरु प्रस्ट देखिनुका साथै विभिन्न जिल्लाका मनमोहक दृश्यहरु पनि देख्न सकिन्छ ।

जैविक विविधताले भरीपूर्ण सल्यान गाउँमा फागुन, चैत्र वैशाखमा टामीकोट क्षेत्रमा ढकमक्क फुलेका नेपालको राष्ट्रिय फुल लालिगुराँसले सवैलाई मोहित पार्नुका साथै विभिन्न प्रजातीका चराचुरुङ्गी, जीवजनावर , जडिवुटी आदीले थप सौन्दर्य थपेको आभास जो कोहीलाई हुन्छ । धार्मिक रुपमा पनि सल्यान गाउँ देखि पौने घण्टामै प्रसिद्ध सेतिवेणी शिला शालिग्राम धार्मिकस्थल पुग्न सकिन्छ । उक्त स्थान देखि पानीमा चल्ने मोटर जडित डुङ्गा प्रयोग गरी नेपालकै ठुलो जलविद्युत आयोजना र कालिगण्डकी जलविद्युतको जलासय मिर्मी आधिँमुहान २० मिनेटमै पुग्न सकिन्छ । सल्यान गाउँदेखि नजिकै रहेका भाल्थुम कालिका मन्दिर , अकलादेवि मन्दिर आदिको दर्शन गर्न सकिनेछ ।

पर्यटन प्रवद्र्धनका लागी गरीएका प्रयासहरु 

टामीकोट क्षेत्रको विकाश र प्रवद्र्धनका लागी स्थानीय जनमुक्ति युवाक्लवले वि.स. २०६६ सालदेखि टामीकोट महोत्सव हुदैं प्रत्येक वर्ष टामिकोट कप भलिवल प्रतियोगिता , टामिकोट क्षेत्र सरसफाई कार्यक्रम, गोरेटो पैदलबाटो निमार्ण लगाएतका कार्यक्रम र गतिविधिहरु सन्चालन गर्दै आइरहेको छ । साथै यस क्षेत्रको थप विकासकालागी देवेन्द्र रखाली मगरको अध्यक्षतामा टाम्केकोट होम स्टे अफ सल्यान गाउँ नामक संस्था विधिवत रुपमा वि.स. २०७५ सालमा दर्ता गरी सभाहलनिमार्ण , गोरेटो बाटो मर्मत लगाएतका रचनात्मक गतिविधिहरु गर्दै आइरहेको छ ।

सम्भावना र समस्याहरु 

टामीकोट क्षेत्र विभिन्न सौन्दर्यतामा मात्र धनी नभइकन ऐतिहासीक स्थल पनि भएकाले यस क्षेत्रको सरंक्षण, प्रवद्र्धन गर्न जरुरी देखिन्छ । पर्यटनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु संग समन्वय गरी आन्तरीक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्न सके यस क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ ।

कच्चि सडक र गोरेटो बाटोको कालोपत्रे वा मर्मत, टामिकोट चुचुरोमा खानेपानीको व्यवस्था, भ्यू टावरको निमार्ण, पिकनिक स्पोटको उचित व्यवस्था, सरंक्षित क्षेत्रमा तार जालिको व्यवस्था, तथा सल्यान गाउँहोम स्टेमा सरसफाई तथा होम स्टे व्यवस्थापन बारे तालिम, बढ्दो बसाईसराई दर लाई कम गर्न शिक्षा, स्वास्थ्यको व्यवस्था र व्यवसायिक खेति, पर्यटकिय कटेज निमार्ण आदीको समुचितव् यवस्था र प्रचार प्रसारमा ध्यानदिन सके जिल्लामै एक उत्कृष्ट पर्यटकिय गन्तव्य बन्नेमा कुनै शंका देखिदैन ।