निगमले विमान उडाएर मात्रै पैसा नकमाउने


नेपाल समाचारपत्र, काठमाडौं। नेपाल वायु सेवा निगमलाई नाफायोग्य आम्दानीका लागि अन्य काम गर्न निगम सुधार गर्नका लागि गठित अध्ययन समितिले सुझाव दिएको छ।

बुधबार समितिले सार्वजनिक प्रतिवेदन सार्वजनिक गर्दै विमान उडान गरेर मात्रै पैसा नकमाइने भन्दै नाफायोग्य आम्दानीका लागि अन्य काम गर्न सुझाव दिएको हो।

समितिले निगम कम्पनीमा रूपान्तरण भइसकेपछि अतिरिक्त सेवाअन्तर्गत मेइनटेनेन्स, रिपेयर र ओभरहउल (एमओआर), क्याटरिङ, फ्लाइट टे«निङ इन्स्टिच्युट, हेलिकप्टर सेवा र प्याकेज टुर जस्ता सेवा सञ्चालन गर्नका लागि सुझाएको छ।

जहाजको नेपालमै मर्मत सम्भार गर्नका लागि नेपालमा सञ्चालित अन्य वायु सेवा कम्पनी तथा विदेशी अनुभवी कम्पनीको साझेदार स्थापना गर्न सकिने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसले जहाज मर्मतका लागि बाहिरिने ठूलो धनराशी जोगाउने भन्दै विदेशी मुद्रा सञ्चितीमा सहयोग पु¥याउने समितिले विश्वास लिएको छ। समितिले विदेशबाट नेपालमा आउने जहाजलाई आवश्यक पर्ने एमआरओ सेवा प्रदान गरी थप आर्जन गर्न सकिने स्पष्ट पारेको छ।

त्यस्तै, क्याटरिङका लागि कम्पनीले आफ्नै लागि वा नेपालमा चल्ने विदेशी कम्पनीका लागि विदेशी वा स्वदेशी कम्पनीका लागि खाना आपूर्ति गर्ने सेवा प्रदान गरी विदेशी मुद्रा आर्जंन गर्न सकिने उल्लेख गरेको छ।

समितिले फ्लाइट टे«निङ इन्स्टिच्युटअन्तर्गत नेपालमा हाल रहेका पाइलटको अभावलाई समाधान गर्न विदेशी वा स्वदेशी कम्पनीसँगको सहकार्यमा नेपालमै उडान तालिम केन्द्र स्थापना गरी सञ्चालन गर्न सक्ने र यसले कालान्तरमा नेपालमा पाइलट उत्पादन भई आन्तरिक तथा बाह्य खपतमा सहयोग पुग्ने उल्लेख छ।यस्तै, अध्ययन समितिले नेपाल वायु सेवा निगमलाई हेलिकप्टर सञ्चालन गर्न सुझाव दिएको छ।

समितिले नेपालको भौगोलिक अवस्था, सडक पहुँचको स्थिति र राज्यले प्रदान गरिरहेको सेवाको पहुँच तथा गुणस्तरका कारण निजी क्षेत्रका हेलिकप्टर कम्पनीले मनग्य आम्दानी गरिरहेका समयमा अधिकांश सञ्चालन खर्च बाड्न सकिने, स्टेसन भई नै रहेको हुँदा यस कम्पनीलाई हेलिकप्टर विस्तार गर्न थप सहज हुने सुझावमा उल्लेख गरेको छ।