सडक एलाम्यान्ट पविर्तन नगरे सधैं सास्ती


दयाराम पण्डित, बाजुरा । वर्षा मौसममा साफे–मार्तडी सडक खण्ड जहिले पनि अबरुद्ध हुँदै आएको छ। त्रिबेणी नगरापिालका वडा नं ९ पैंमा र बुडिगंगा नगरपालिकाको अम्कोट वारीपारीका पहिरोका कारण साँफे–मार्तडी सडक खण्ड अन्तरगतको अम्कोट सडक सधैंका लागि उच्च जोखिममा छ । वारिपारीबाट खसेको पहिरोले बुढिगंगा नदी थुनिने र नदी सतहदेखि करिव३००मिटर माथि बाट सडक निर्माण गरेकोले सडक वर्षेनी भासिदै गएको छ । बलौटेमाटोको कारण अम्कोटको पहिरो रोकिन समय लाग्ने विषेषज्ञको भनाईछ ।

सनिवार रातिबाट सांफे मार्तडी सडक खण्ड पूर्णरुपमा आबरोध भएपछि थप असहजता उत्पन्न भएको छ । सनिवार राति बल्देमा सडकको तलमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । बाजुार सदरमुकाम मार्तडी वाट लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका साधान चलेका छैनन् । पहिरो खस्दा सडक अबरुद्ध बनेसंगै यातायातका साधन तथा यात्रुलाई आवागमन गर्न समस्याभएको छ । पहिरोले बल्दे, अम्कोट पानीनाउला लगायतका ठाउँमा सडक तलमाथि भासिएको छ ।

पहिरोमा परि कमालामाईको मालबाहक मिनिटाटा बुढिगंग नदी किनारमा खसेका थियो । मिनिट्रक सहित सयौं पेटी फुु्रटी पहिरोमा वगेको बडिमालिका नगरपालिका वडा न५का वडाअध्यक्ष बलवहादुर थापाले बताउनुुभयो । एकमहिना अघि गएको पहिरोका कारण सडक भासिएपछि अम्कोटका स्थानीयवासीको घरभत्काएर सडक निर्माण गरिएको थियो । कच्चीसडक पुन परिहेमा परेपछि थम जोखिम भएको स्थानीयले बताए ।

पानीपर्नासाथ सडक भासिने र अस्थायी कामचलाउ सडक निर्माण गरी याताायत सुचारु गरिदै आएको भएपनि तर, यो दीघकालिन उपाय नभएको भौतिक पूर्वाधार बिकास कार्यालय अछाम ,बाजुरा प्रमुख जंगबहादुर थापाले भन्नुुभयो । “ अम्कोट सडक खण्ड वर्षमा तिन पटक भत्किन्छ सडक तलबाट भासिन्छ अलिमाथि कटिगं गर्छन् ,पहिरो माथि सर्छ सडक अनि माथि सार्छन् यो त गुजारामुखी भयो । यसले दीर्घकालिन समस्या समाधान गर्दैन,बरु खर्चमात्र बढाउँछ ” कार्यालय प्रमुख थापाले भन्नुुभयो ।

“सडककालाई निरन्तर सञ्चालनमा ल्याउने हो भने दुुईवटा उत्तम विकल्प रहेको आयोजना प्रमुख थापा बताउनुहुन्छ । पहिले अम्कोट देखि सडक एलाम्यान्ट परिवर्तन गरेर कुंडीकर्रा हुंदै हरडे खखोलावट पास गर्न सकिन्छ । त्यो चट्टानी भाग भएकोले दीर्घकालिन पनि हुन्छ । त्यसैगरी बल्दे आटीचौर हुंदै भौनेरा जोड्न सकिन्छ तर रुट लामो पर्छ अनि तत्काल भौनेरामा पुल निर्माण गर्न बजेट ब्यबस्थापन गर्नुपर्ने देखिन्छ । ”

“सडक एलाइनम्यान्ट परिवर्तन गर्नुपर्ने नै थियो भने किन पहिले ध्यान पुुगेन ? राज्यको करोडौं रुपिया खर्च भईसकेको छ सडक पिच भएको पनि पांच वर्ष हुन थाल्यो । सडक एलाइनम्यान्ट परिवर्तन भनेजस्तो सहज नभएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताउनुुभयो । ” तर आफुले सडकको स्थायी समाधानका लागि सडक विभाग डिभिनन कायाृलयमा लेखि पठाएको छुु प्रजिअ न्योपानेले बताउनुुभयो । ”

जम्मा ५७ किलोमिटर सांफे मार्तडी सडक खण्ड २०५२ साल देखि निर्माण कार्य सुरुभएको थियो । गतवर्ष मात्र सडक पक्की गर्ने कार्य सकिएको छ । त्यो पनि सडक खण्डका केहीभाग पिच गरिएको छैन भने बुढिगंगाको पूल निर्माण कार्य अधुरै छ । सडकलाई निरन्तर सुचारुगर्न एलाइम्यान्ट पविर्तन गर्नुपर्ने अभिब्यक्ती संघीय सडक सुपरिवेक्षण तथा अनुुगमन कार्यालय सडक डिभिजन अछामका प्राविधिकले बताउदै आएकाछन् । सडक निर्माणताका एलाइन्म्यान्ट सही नरोजेकोले अहिले यो सास्ती खेप्नुपरको हो सडकविभागका कर्मचारी कृषण बहादुर बुढाले बताउनुुभयो ।