जंगलमा झुण्डिएको अवस्थामा १ युवकको शव फेला


न्युज अफ नेपाल, इलाम । इलाममा सूर्योदय गाउँपालिका २ स्थित याल्मो जंगलमा एक युवकको शव फेला परेको छ।

आइतबार दिउँसो करिब २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जिन्सको पेन्ट र खैरो ज्याकेट लगाएका युवक खरानेको रुखमा झुन्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

शवको पहिचान हुन सकेको छैन। शव पोष्टमार्टमका लागि फिक्कल अस्पताल लगिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।