हत्या गरिएको अवस्थामा १ को शव फेला


जनकपुर । महोत्तरीमा १ जनाको शव फेला परेको छ । शनिबार घाँटी थिची निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा महोत्तरीको एकडारा गाँउपालिका –२ बस्ने १७ वर्षीय विकेश बैठाको शब फेला परेको प्रहरीले जनाएको छ ।

मृतक विकेशको टाउकोमा समेत धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने अनुमान लगाएको छ । प्रहरीले सो घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा पठाइएको छ ।

पारिवारीक स्राेतका अनुसार उनी राती ८ बजेदेखि बेपत्ता भएका हुन् । छोराको खोजी गर्ने क्रममा विहान ८ बजेको समयमा घर नजिकैको एउटा खेतमा मृत फेला परेको उनको बुबा राजकिशोर बैठाले जनाए ।