जागरण अभियानलाई शसक्त बनाउने काग्रेसको घोषणा


रामचन्द्र वि.क., रामेछाप । नेपाली काग्रेस रामेछापले दोस्रो चरणको जागरण अभियानलाई दुई ओटै क्षेत्रमा शसक्त रुपमा संचालन गर्ने भएको छ । रामेछाप काग्रेसले मंगलबार प्रदेश ‘क’ को उमाकुण्ड गाउँपालिकाको केन्द्रमा र प्रदेश ‘ख’ को मन्थली–१० चनखुमा कार्यक्रम गरी अभियानको सुरु गरेको थियो ।

पहिलो चरणमा जिल्लाको ६४ वटा वडामा कार्यक्रम गरेको रामेछाप काग्रेसले दोस्रो चरणमा ८ ओटै स्थानीय तहमा जागरण अभियान गर्ने बताएको छ । केन्द्रले तय गरेका कार्यक्रमहरु नै जिल्लाका स्थानीय तहमा प्रभावकारी र उपलब्धीमूलक बनाउने गरी असोज ३ गतेबाट दुई नगरपालिका र कार्यक्रम गर्न बाँकी ४ ओटा गाउँपालिकामा गरिने गरी निर्णय गरिएको पार्टी सचिब लेख बहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार बिहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रदेश ‘क’ मा ४ गते गोकुलगंगा गाउँपालिका, ५ गते लिखुतामाकोशी गाउँपालिका र ६ गते रामेछाप नगरपालिकामा गरिने छ । त्यस्तै प्रदेश ‘ख’ मा ३ गते दोरम्बा गाउँपालिका, ४ गते सुनापती गाउँपालिका, ५ गते खाँडादेबी गाउँपालिका र ६ गते मन्थली नगरपालिकामा गरिने छ ।

गाउँपालिका र नगरपालिकामा विभिन्न कार्यक्रम सम्पन्न गरेर कम्युनिस्ट सरकारले गरेका भ्रष्टाचार जन्य गतिविधि लगायतका नराम्रा कामको विरोधमा ७ गते जिल्लामा विरोध ¥याली गरेर भैसेस्वर चोकमा पुगी कोणसभामा परिणत हुँदै कार्यक्रम सम्पन्न हुने पनि सचिब कार्कीले जानकारी गराउनुभयो ।