डेंगुको जोखिमयुक्त क्षेत्रको भ्रमणमा सतर्क रहन अमेरिकाले जारी गर्यो ‘ट्राभल नोटिस’


काठमाडौं । डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई संंक्रमण फैलिएको मुलुमा भ्रमण गर्दा सतर्क रहन सुचना जारी गरेको छ ।

आफ्ना नागरिकलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको हो ।

हाल नेपाल लगायत एशियाली मुलुकहरुमा डेंगुकोे खतरा बढेसँगै अमेरिकाले सकेसम्म ती मुलुकहरुमा भ्रमण नगर्न र गर्नै परे पनि लामखुट्टेबाट जोगिन आवश्यक सामग्रीहरु प्रयोग गर्न सचेत गराएको छ ।

नोटिसमा उल्लेखित मुलुकका विशेषगरी ग्रामिण भेगमा लामखखुट्टेजन्य रोगहरु: मलेरिया,डेङ्गु र चिकुनगुनियाको महामारी फैलिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह आफ्ना नागरिकलाई आग्रह गरेको छ ।