कैदिहरूले उत्पादन गरेकाे मुढा चिनकाे तिव्वतसम्म निर्यात


सरस्वती न्याैपाने, रसुवा। नेपालकाे विभिन्न कारागारमा कैदिहरूले उत्पादन गरेकाे मुढा चिनकाे तिव्वतमा निर्यात भईरहेकाे छ। प्रायजसाे बासकाे मुढा केन्द्रीय कारागार काठमाडौ, सुनसरीकाे झुम्का कारागार र धादिङ कारागार वाट सङकलन गरि काे ४९ हजार ४ सय ५१ वटा बासकाे मुढा ल्हासा, सिगात्से, न्यालमर, धिङग्रिसम्म पुग्ने गरेकाे छ ।

यसै आर्थिक वर्ष०७५/०७६ मा यति बाँस काे निर्यात वाट राजश्व करिव १ कराेड २३ लाख ६२ हजार सातसय ५० रूपैया उठेकाे छ। बर्सेनि तिव्वतमा बाँसबाट वनेका मुढाकाे माग समेत वढेकाे प्लान्ट क्वारेन्टाइन चेकपाेष्ट टिमुरेका वरिष्ठ बालि समरक्षण अधिकृत तथा बालि समरक्षण अधिकृत कुल दिप घिमिरेले जानकारि दिए।

क्वारेन्टाइन चेकपोस्ट टिमुरेकाे तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ३० हजार ५ सय ५० गाेटा मुढा रसुवागढि नाका हुँदै चिन तर्फ निर्यात भएकाे थियाे । आ.व ०७४/०७५ मा भने तथ्यांक नभएकाे वताईएकाे छ।

यस्तै  रसुवागढि नाकाबाट बासकाे मुढा, काठकाे टेवल, नाङलाे, बाेघिचित्तकाे माला, धुपदानि र अम्रिसाेकाे कुचाे लगाएतका बस्तु निर्यात भईरहेका छन् ।