रूखले च्यापेर दाङमा एक बिद्यार्थीको मृत्यु अर्का घाईते

0
Shares

दाङ । विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन्।

जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै हिँडिरहेका अर्का नौ वर्षीय बालक तिकल खत्री भने घाइते भएका छन्।घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घाइते तिलकलाई टाउकोमा चोट रहेको तथा अवस्था सामान्य रहेको जनाईएको छ ।

मंगलबार साँझ पौने ५ बजे तिर स्थानीय खमारी च्युरीडाँडा प्राथमिक विद्यालयबाट घरतर्फ जाँदै गरेका दुई बालकलाई एक्कासी रूख ढलेर च्यापेको थियो।