नेपाल समाचारपत्र, काठमाडौं।नेपाली बजारमा मंगलवार सुनको भाउमा गिरावट आएको छ। मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
सोमवारको तुलनामा मंगलवार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो। सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपियाँ कारोबार भैरहेको छ।
महासँघका अनुसार, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
चाँदी मंगलवार प्रतितोला ८ सय ७० रुपियाँमा कारोबार भैरहेको छ। सोमवार चाँदी प्रतितोला ८ सुय ८० रुपियाँमा कारोबार भएको थियो।
प्रतिक्रिया