एनसीसी बैंकको लाभांश पारित


नेपाल क्रेडिट एन्ड कमर्स बैंकको क्रमशः २०औं र २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरू सर्वसम्मत रुपमा पारित भएका छन्।

सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ।

बैंकको केन्द्रीय कार्यालय सिद्धार्थनगरबाट काठमाडौंमा स्थानान्तरण गरे पश्चात पहिलोपटक वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटिएम सञ्चालन गरी ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा रु. ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब ५१ करोड आर्जन गरेकोछ।