सोल,(एजेन्सी)।लामो समयदेखि विवादास्पद आणविक कार्यक्रमका कारण अन्तर्राष्ट्रिय जगतमा चर्चामा आइरहेको उत्तर कोरियाले मंगलबार दुई वटा सानो दूरी क्षमताका क्षेप्यास्त्र परीक्षण प्रक्षेपण गरेको छ।
ती क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले अज्ञात स्रोतलाई उद्धित गर्दै जनाएको छ।
उत्तरले संयुक्तराज्य अमेरिकासँग आणिवक समस्या समाधानार्थ वार्ताका लागि आह्वान गरेको केही घण्टा नबित्दै यसरी नयाँ क्षेप्यस्त्र समुद्री तटतर्फ प्रहार गरेको हो।
उत्तर कोरियाले आफूमाथि लागेका आर्थिक नाकाबन्दी कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ।
प्रतिबन्ध फुकुवा गर्नेतर्फ कुनै कदम नचालिए वार्ताको औचित्य नै नरहने अडान कोरियाली सर्वोच्च नेता किम जोंग राख्दै आएका छन्।
सोही अडानकै कारण पछिल्लो समयमा भियतनामको राजधानी हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोंगबीचको वार्ता बिना कुनै निष्कर्ष टुँगिएको थियो।
उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच पुनः वार्ता शुरू गर्ने सहमति भइसकेको छ। तर वार्ताको मिति भने अझै तय भइसकेको छैन।
उत्तर कोरियाले सीमित आणविक निरस्त्रीकरणको बदलामा कोरियाको सुरक्षाको प्रत्याभूति हुनुपर्ने तथा अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्ध फुकुवा हुनुपर्ने पुरानै सर्त दोहर्याउादै आएको छ।
सन् २०१८ को १२ जुलाईमा सिंगापुरमा पहिलो चोटी ट्रम्प र किमबीच वार्ता भएको थियो। सो वार्ताका कोरियाली प्रायदीपलाई आणविक हतियार मुक्त बनाउने विषयमा सहमति भएको थियो।
सो सहमतिलाई रंग दिने विचारले उत्तर कोरियाले वार्ताको केही समयपछि नै आणविक भट्टी नष्ट गरेर उदाहरण पनि पेस गरेको थियो। तर वार्ताले ठोस उपलब्धि भने हासिल गर्न सकेको थिएन।
उत्तर कोरियाले मंगलबार प्रहार गरेको कम क्षमताका दुई वटा क्षेप्यास्त्र करिब ३ सय ३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेका थिए। यी क्षेप्यास्त्र राजधानी प्योंगयांगको नजिकको फ्यान्गानबाट प्रक्षेपण गरिएका हुन्
। गत जुलाई यताको यो आठौं परीक्षण हो। यसअघि प्रहार गरिएका हतियार छोटो दूरीका क्षेप्यास्त्र र रकेट थिए।
विज्ञका अनुसार यी हतियार अमेरिकी सैनिक अखडासहित दक्षिण कोरियाका कुनै पनि स्थानमा प्रहार गर्नसक्ने क्षमताका छन्।
प्रतिक्रिया