मकाउ पठाउने भन्दै ठगी गर्ने पक्राउ

0
Shares

काठमाडौं, (नेस)। मकाउ पठाइदिने भन्दै ठगी गर्दै आएका विनोद बस्नेत र विनोदमणि बस्नेत भन्ने राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा आउने व्यक्तिलाई मकाउमा वर्किङ भिसामा आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पटकपटक गरी १९ लाख १० हजार रुपियाँ लिई फरार रहेको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले हाँडीगाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।

उनको साथबाट राजु केसीको नामको ०५–५७०५८९ र विनोदमणि बस्नेतको नामको ०६–४८४७४५ नम्बरका छुट्टाछुट्टै नामबाट लिएको २ वटा सवारी चालक अनुमतिपत्रसमेत प्रहरीले बरामद गरेको छ।

निजलाई ठगी तथा लिखत सम्बन्धी कसरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठइएको महाशाखाले जनाएको छ।