आगलागीबाट विभिन्न धनामल नष्ट


काठमाडौं ।  घोराही। घोराही उपमहानगरपालिका-१५ घोराही बस्ने कुमार चौधरीको कच्ची घरमा मंगलबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

त्यस्तै, जनकपुर उपमहानगरपालिका-२१ कुर्था बस्ने लालबाबु साह सोनारको घरमा मंगलबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा नगद ५ लाख २५ हजार रुपैयाँ, चाँदीका गहनाहरु २० तोला, सुनका गहना ५ तोला र विभिन्न सामान जलेर करिब  ९ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।