सुनको सिक्री लुटपाट


काठमाडौं । टोखा नगरपालिका-९ म्याग्दी चोकबाट सतुङ्गल बस्ने रुकुम चुनावाङ भूमी नगरपालिका-९ का २९ वर्षीय पुरुषको १ दशमलव ५ तोलाको सुनको सिक्री सोमबार राति लुटपाट भएको छ । 

अपरिचित २ जनाले ती पुरुषलाई लछारपछार गरी उक्त सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।