अवैध रुपमा ल्याएको सुन सहित पक्राउ


 

काठमाडौं । नेपाल एयरलाईन्सको उडानद्धारा थाईल्याण्डको बैङ्ककबाट नेपाल आएका राहदानी नम्बर ११२१९४२९  बाहक मनाङ मिस्याङ गाउँपालिका-१ का ५७ वर्षीय कर्मा टासी गुरुङलाई अवैध रुपमा ल्याएको करिब ३ सय ८० ग्राम सुन सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

एयरपोर्ट भन्सार एरियामा मेटल डिटेक्टर र मेडिकल एक्सरे गरी जाँच गर्दा गुरुङको मलद्वारको पछाडिपट्टी उक्त सुन फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।