अवैध लागुऔषध सहित २ जना पक्राउ :


 

ललितपुर । ललितपुर महानगरपालिका-१० कुपण्डोलबाट अवैध लागूऔषध पोल्याण्ड ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भैंसेपाटी बस्ने सुनसरी ईटहरी जनता बस्ती घर भएका ३१ वर्षीय निशान तामाङ र कुपण्डोल बस्ने दोलखा घर भएका १७ वर्षीय देव शाही रहेका छन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।