हतियार सहित पक्राउ


भक्तपुर । सूर्यविनायक नगरपालिका-९ भाते ढिकुरबाट बारा फेटा गाउँपालिका-३ का ३८ वर्षीय शम्भुप्रसाद साहलाई कटुवा पेस्तोल १ थान र सोको गोली ६ राउण्ड सहित सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका साहलाई जाँच गर्ने क्रममा साथमा राखेको उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-२२ नयाँबस्तीस्थित जंगलबाट सोमबार साँझ बेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंज खटिएको प्रहीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।