भातृसंगठनलाई निष्कृय बनाएको भन्दै नेविसंघको आपत्ति


न्युज अफ नेपाल, काठमाडौं। नेपाली काग्रेसले हिजो मंगलबार देखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरु गरेको छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रिय यो जागरण अभियान प्रति भातृ संस्था नेपाल विद्यार्थि संघका नेताहरुले आपत्ति जनाएका छन् ।
आफ्नो मातृ पार्टी काग्रेसले पहिलो चरणको जागरण अभियानमा पार्टीको भ्रातृ तथा शुभेच्छुक संघ संगठनहरु गठन गरि पार्टीका विभागहरु समेत गठन गरि पार्टीमा एकता र मेलमिलाप अभियानका साथ दोस्रो चरणको जागरण सुरु गर्ने गरि जनतासँग भएका प्रतिबद्धता झुठो सावित भएको भन्दै नेविसंघले आपत्ति जनाएको हो ।

नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिए अनुसार नेविसंघ महिनौ देखि नेतृत्व विहिन छ भने पछिल्लो अधिवेशन देखिनै चार जनाको केन्द्रीय समितिमा सिमित भएको नेपाल तरुण दलको पनि म्याद सकिन लागेको छ । वाँकि रहेका कैयन भ्रातृ तथा शुभेच्छुक संघ संगठनहरुको अवस्था पनि यस्तै रहेको छ । काग्रेसले दोस्रो चरणको जागरण अभियान शुरु गरेकै दिन पत्रकार सम्मेलन गर्दै नेविसंघका नेताहरुले देशकै गौरवशाली इतिहास बोकेको शक्तिशाली विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आफ्नै मातृ पार्टी नेपाली काँग्रेसको शिकार बनेको पनि जनाएका छन् ।

समयमा महाधिवेशन सम्पन्न गरि सबै भ्रातृ संस्थाहरुको निर्वाचन मार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनु पर्ने वेलामा नेपाली काँगे्रस पार्टी नेतृत्वको अकर्मण्यताका कारण पार्टीको भ्रातृ तथा शुभेच्छुक संघ संगठनहरु अलपत्र परेका भन्दै पत्रकार सम्मेलनमा नेविसंघका नेताहरुले भनेका छन– पार्टीको केन्द्रीय तह देखि वडा तह सम्मका संरचनाहरु लथालिङ्ग भएका छन् ।

हालै सम्पन्न काँग्रेस केन्द्रीय समितिकोे बैठकले पार्टी महाधिवेशन उन्मुख गराउनुको साटो छलछाम गरि पार्टीको महाधिवेशन समेत टार्ने षडयन्त्र भएको प्रति हाम्रो गम्भिर नेविसंघको ध्यानाकर्षण भएको जनाएका छन् । वर्तमान सरकारको जनविरोधि कदम, वाइडवडि काण्ड, निर्मलाहत्या काण्ड, एनसेल करछलि प्रकरण देखि संवैधानिक निकायहरुमा नाङ्गो हस्तक्षेप, विश्वविद्यालयहरुको स्वायत्तता माथि गम्भिर प्रहार भइरहदा र देशमा संस्थागत भ्रष्टाचारका विरुद्ध नेपाली काँग्रेस सदनमा मौन रहनुले नेतृत्वको कतै मिलेमतोत होइन भन्ने प्रश्न उब्जिएको नेविसंघ नेता भण्डारीले बताउनुभयो ।

नेविसंघका महाधिवेशन पक्षधरका विद्यार्थिहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको काग्रेसले जनसरोकारको विषयहरु उठाइ सडक देखि सदनसम्म प्रतिवाद गर्ने र पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको आरोप लगाएका छन् ।