प्रभु मनि ट्रान्सफरका ग्राहकलाई सिजी इलेक्ट्रानिक्समा छुट


काठमाडौं, (नेस)।प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकका लागि लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ग्राहकलाई सिजी इलेक्ट्रानिक्सका विभिन्न ब्रान्ड एलजी, सिजी, गोदरेज, टीसीएल आदि इत्यादि सामानमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ।्

यस अन्तर्गत कुनै पनि ग्राहकले प्रभुमनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिइने रसिद लिएर सिजी इलेक्ट्रानिक्सका कुनै पनि शोरुम सिजी डिजिटल तथा एलजी लाइफस्टायल शोरुम बाट टिभी, फ्रिज वासिङ मेसिन तथा अन्य घरायसी सामग्री खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।