साढे २ लाखसहित २५ जुवाडे पक्राउ

0
Shares

पोखरा, (नेस)।पोखरा महानगरको दुई स्थानबाट करिब साढे दुई लाख रुपियाँसहित कास्की प्रहरीले २५ जना जुवाडे पक्राउ गरेको छ।

पोखरा ३२ तल्लो गनगांैडास्थित जंगबहादुर पुनको घरमा जुवातास खेलीखेलाइरहेको अवस्थामा एक लाख ६ हजार ७ सय ४८ रुपियाँसहित १९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

यस्तै पोखरा–९ प्रगतिमार्गस्थित रहेको चन्द्रबहादुर गुरुङको घरमा जुवा तास खेलाइरहेको अवस्थामा १ लाख ६६ हजार २ सय ९५ रुपियाँसहित ६ जनालाई पक्राउ गरेको हो।

‘जुवा खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा हामीले पक्राउ गरेका हौँ’ –कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले बताउनुभयो।

पक्राउ परेकालाई जुवा मुद्दाअन्तर्गत राखी थप अनुसन्धान भइरहेको केसीले जानकारी दिनुभयो।