फर्किए पूर्वराजा

0
Shares

काठमाडौं, (नेस)। करिब एक महिनाअघि थाइल्यान्ड भ्रमणमा जानुभएका पुर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किनुभएको छ। उहासँगै पत्नी कोमल र बुहारी हिमानी पनि नेपाल फर्किनु भएको हो।

गएको साउन २३ गते नातिनी भेट गर्न भन्दै थाइल्यान्ड पुग्नुभएका ज्ञानेन्द्र मध्याह्न १२ बजेर १० मिनेट जाँदा विमानस्थल पुग्नुभएको थियो।

उहासँगै निजी सचिव सागर तिमल्सिना कोमल र हिमानीका निजी सचिव पनि फर्किनुभएको थियो।

पूर्वराजपरिवारलाई स्वागत गर्न युवा विश्वहिन्दु महासंघका अध्यक्ष राजन महर्जनसहितको टोली त्रिभुवन विमान्थल पुगेका थियो।

पूर्वराजाका परिवार विमानस्थलमा आउनासाथ समर्थकले नेपाली झण्डासहित स्वागत गरेका थिए।