टेकु अस्पतालमा बिरामीको भीड

0
Shares

काठमाडौं, (नेस)।केही सातादेखि फैलिएको डेंगुका कारण राजधानीको एकमात्र शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल अस्तव्यस्त देखिएको छ।

देशभरबाट ज्वरोका बिरामी सो अस्पताल आउन थालेपछि अस्पतालको इमरजेन्सी सेवादेखि ल्याबसमेत अस्तव्यस्त देखिएको छ।

बिरामीको चाप सोचेभन्दा बढी भएपछि ल्याबलाई २४सै घण्टा चलाएको भए पनि बिरामी थेग्न नसकेपछि अस्पताल पुगेका बिरामी बिचल्लीमा परेका छन्।

ल्याबको रिर्पोट दिने ठाउँमा भीड बढेका कारण अस्पतालले तीन चार जना नर्सलाई खुल्ला चौरमा नाम बोलाइबोलाइ रिपोर्ट दिँदा कैयनको रिर्पोट मिसप्लेस भएको थियो भने बिहानदेखि लाइनमा बस्दा पनि रिर्पोट नपाएको भन्दै सीमा दासले गुनासो पोखिन्।

कतिपयको नाम मिल्छ थर मिल्दैन थर मिल्छ नाम मिल्दैन रिर्पोट लिन गएका बुद्धि गुरुङले आक्रोश पोख्नुभयो।

‘सरकारले डेंगुको महामारी फैलिएको र सतर्कता अपनाएको बताए पनि अस्पतालमा आएर हेर्दा सरकारको उपस्थिति देखिँदैन’ –बिरामी भएर अस्पताल आउनुभएकी जानकी अधिकारीले बताउनुभयो।