एसिया कपमा नेपालको चुनौती समाप्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप प्रतियोगितामा नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको चुनौती समाप्त भएको छ।

आइतबार कोलम्बोमा भएको बंगलादेशविरुद्धको खेल ६ विकेटले गुमाएर समूह चरणबाटै बाहिरिएपछि प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको हो।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकासँग हारेको थियो। योसँगै समूह बी बाट बंगलादेश र श्रीलंकाले २–२ खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेका छन्।

समूह चरणबाटै बाहिरिएको क नेपालले आज समूूहको अन्तिम खेलमा यूएईसँग सान्त्वना जितका लागि खेल्नेछ। यूएईले पनि दुुवै खेल हारेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ठूलो स्कोर बनाएको थियो।

नेपालले २ सय ६२ रनको लक्ष्य दिएकोमा बंगलादेशले ४ विकेटको क्षतिमा ४ बल बाँकी राखेर जित हात पारेको थियो। त्यसो त नेपालले १ सय ३२ रनमा चार बंगाली ब्याट्सम्यानलाई आउट गरेर जित्ने लक्षण देखाएको पनि थियो।

तर यसपछि नेपाली बलरले विकेट लिन नसक्दा हार स्वीकार गर्न बाध्य भयो। बंगलादेशका कप्तान अकबर अली र समिम हुसेन नेपालको सम्भावित जितमा बाधक बनिदिएका थिए। उनीहरूले पाँचांै विकेटका लागि १ सय ३० रनको अविजित साझेदारी गरेका थिए। जसमा

अलीले १४ चौकाको सहयोगमा ९८ रन बनाए भने हुसेनले ४२ रनको योगदान दिएका थिए। नेपाली बलरमा कमल सिंह ऐरीले २ विकेट लिएका थिए। यसअघि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुुमाएर २ सय ६१ रनको योगफल बनाएको थियो।

नेपालका लागि पवन शर्राफले सर्वाधिक ८१ रन बनाएका थिए। उनले ८ चौका र १ छक्कासमेत प्रहार गरे। त्यस्तै सन्दीप जोराले ३७ बलमै ३ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडेका थिए।