प्रियंका कार्कीका फिल्म एकाएक फ्लप हुँदै

0
Shares

प्रियंका कार्की फिल्म, विज्ञापन, म्युजिक भिडियोदेखि स्टेज सोसम्म भ्याउँछिन्।

सुटिङ नभएको त दिनै हुन्न। तर उनी अभिनित फिल्म भने भटाभट फ्लप भइरहेका छन् ।

प्रेम दिवस र हजार जुनीसम्मको व्यावसायिक असफलतापछि निर्माताहरु बिस्तारै तर्कन थालेका छन् । सायद यसको हेक्का भएरै होला, प्रियंकाले आफूलाई अभिनयमा सीमित राख्न छाडेकी छन् ।

प्रमाण हो, उनी निर्देशित बेब सिरिज जस्ट एनोदर लभ स्टोरी ।

समलिंगी महिलाको कथा पस्किएको यस सिरिज आठ भागको छ । मुख्य भूमिकामा उनीसँगै सृष्टि श्रेष्ठ छिन् ।

यो सिरिजपछि फिल्म नै निर्देशन गर्ने उनको योजना छ। प्रियंका भन्छिन्, ‘अभिनय, निर्देशन, निर्माण जे गर्नु परोस् गर्छु, तर फिल्मबाट कहिल्यै पछि हट्दिनँ ।’