काठमाडौं, (नेस)।सन् २०२० का लागि मनाउन लागिएको महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय ऐक्यवद्वता ‘उर्लंदो सय करोड’ शनिबार घोषणा गरियो। सो अवसरमा अन्तर्राष्ट्रिय विज्ञका अनुभव आदान–प्रदान, नाटक, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
सोही अवसरमा महिला सशक्तीकरणमा भूमिका निर्वाह गरेबापत काठमाडौंको तारकेश्वरमा रहेको सिर्जनशील महिला समाजलाई १ लाख नगदसहित ताम्रपत्रले सम्मान गरियो भने महिला हिंसा विरुद्धका चित्र सिर्जना गरी समाजमा शान्ति तथा अहिंसाको जनमत तयार गरेबापत महोत्तरीकी सुनैना ठाकुरलाई रु ५० हजार पुरस्कार प्रदान गरियो।
मिथिला चित्रकलाका माध्यमबाट ठाकुरले लैंगिक समानता, सामाजिक समावेशीकरण, महिला र अन्यमाथि हुने हिंसालगायत सामाजिक मुद्दाबारे सन्देश फैल्याउनुभएको बताइएको छ।
सो समारोहमा दक्षिण एसियाकी महिला अभियन्ता कमला भासिनले आफ्नी छोरीको स्मृतिमा स्थापना गरेको मितो मेमोरियल अवार्ड पनि घोषणा गरियो। यो पुरस्कार भारतमा अध्ययनरत १०–१२ कक्षाका ५० विपन्न विद्यार्थीलाई छात्रवृत्तिका रूपमा प्रदान गरिने घोषणा गरियो।











प्रतिक्रिया