बुटवलमा वडा अध्यक्षद्वारा आत्महत्या प्रयास

0
Shares

यमलाल भुसाल, बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । उनले आफ्नै घरमा बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।

उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्‍याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।

स्रोतका अनुसार घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको र घटनाको थप जानकारी लिन बाँकी रहेको जनाएको छ।