किरन धामी, दार्चुला ।
दार्चुला ७५ वर्षिय बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पिडित बृद्धा दिएको निवेदनका आधारमा जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका २३ र २८ वर्षिय दुई युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याएको प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रेम खड्काले जानकारी दिनुभयो ।
७५ वर्षिय पिडित बृद्धाले दिएको निवेदनका आधारमा आरोपित दुवै जना स्थानिय युवालाई अनुसन्धानका लागी पक्राउ गरी ल्याएको तथा नाम भन्न नमिल्ने उहाले बताउनुभयो । घट्नाको गहन ढंगले अनुसन्धान भैइरहेकाले उनिहरुको नाम तत्कालै भन्न नमिल्ने उहाको भनाई छ ।
भदौ १६ गते राती आरोपित युवाहरुले ७५ वर्षिय बुद्धा घरमा एक्लै भएको मौका छोपी बलात्कार गरेको खुल्न आएको छ । ७५ वर्षिय बृद्धाले आफ्नो घरमा राती पसेका युवाहरुलाई चिन्न नसकेको प्रहरीलाई बताउनु भएको छ ।











प्रतिक्रिया