सीसीआरसी र साइपाललाई बर्नहार्ट कप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।सीसीआरसी र साइपाल एकेडेमीले नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्। सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने।

ब्वाइजको फाइनलमा सीसीआरसीले ट्रिनिटीलाई ६७–४६ ले पराजित गर्यो। सीसीआरसीका रोशन श्रेष्ठले १५ अंक जोडे। शुरूको क्वार्टरमा १९–११ को अग्रता लिएको सीसीआरसीले अग्रतालाई अन्तिमसम्म जोगाइराख्यो।

सीसीआरसीले दोस्रोमा १९–१०, तेस्रोमा १८–१६ र चौथोमा ११–९ को प्रदर्शन गर्यो। गल्र्सको उपाधि भिडन्त साइपालले जेभियर इन्टरनेसनललाई ५८–२९ ले हराउँदै उपाधि रक्षा गर्यो। साइपालकी अस्मिता थापाले १५ स्कोर गरिन्।

काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सीसीआरसीका रोशन श्रेष्ठ तथा गल्र्समा साइपालकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई बर्नहार्टका चेयरम्यान भूपेश छत्कुली, प्रिन्सिपल नवराज अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।