सागको लोगो र मस्कट मनास्लु पुर्याइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को लोगो र मस्कट अंकित ब्यानर ‘किलर माउन्टेन’का परिचित मानास्लु हिमालको चुचुरोमा पुर्याइने भएको छ।

आरोही प्रकाशराज पाण्डेले उक्त ब्यानर ८ हजार १ सय ६३ मिटर उचाइको हिमाल मनास्लुको चुचुरोमा लैजान लागेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिँदै ब्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण गरे।

मनास्लुको चुचुरोमा पुर्याएको ब्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए।सेप्टेम्बर तेस्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन्।

रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आइल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन्। उनले बडेन पावेल स्काउट पिकको पनि दुईपटक सफल आरोहण गरिसकेका छन्।