एक युवाले आफ्नै शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाए


झापा । झापामा आफ्नै शरीरमा आगो लगाएर बिहीबार अपराह्नएक भारतीय नागरिकले आत्मदाह गरेका छन्। आत्मदाह गर्नेमा भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने २३ वर्षीय विश्वनाथ बरमन रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रदीप गिरीले सञ्चालन गरेको फर्निचर उद्योगमा कार्यरत उनले ट्वाइलेटको ढोका बन्द गरी शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाएको प्रहरीले जनाएको छ।

बिहीबार अपराह्न स्थानीयबासीले आगो लागेर उनको मृत्यु भएको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरेको छ। उनले आत्महत्या गर्नुपर्ने कारण भने खुल्न सकेको छैन।