जबरजस्ती करणी गरेको अभियोग ७७ वर्षीय वृद्ध पक्राउ


न्युज अफ नेपाल, उदयपुर । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ पानी ट्याङकीस्थित बस्ने ७७ वर्षीय केशर बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।