सर्पले डसेर दुई महिलाको मृत्यु


न्युज अफ नेपाल ।  विषालु सर्पले डसेर हिजो राति सुनसरीमा दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिनगर गाउँपालिका १ निवासी सहिदान खातुन र कोशी गाउँपालिका ७ हरिपुरकी सरितादेवी यादव रहेको प्रहरीले बताएको छ ।

खातुनलाई घर नजिकै राति ९ः१५ बजे सर्पले डसेको थियो ।त्यस्तै यादवलाई दिउँसो खेतमा घाँस काट्दै गर्दा सर्पले डसेको थियो ।सुनसरीबाट रातिनै खातुनलाई विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यादवको उपचारका क्रममा मंगलबार साँझ जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले बताएको छ।