पहिराले पुरेर एक बालकको मृत्यु


रोल्पा । पहिराले पुरेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका– १ फूलिवनमा आएको पहिरामा परी सोही ठाउँका पृथबहादुर घर्तीको १४ वर्षीय छोरा शुकबहादुर घर्तीको मृत्यु भएको हो ।

भदौ १८ गते बिहान तीजको नाच हेरेर घर फर्कंदै गरेका घर्तीलाई एक्कासि आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सिरक्याङ भिर नजिकैको खोलामा आएको सो पहिरोले घर्तीलाई पुरेको थियो । सो स्थानमा अझै पनि पहिरो आइरहेकाले थप दुर्घटना हुनसक्ने आशङ्काले स्थानीयवासी त्रसित छन् । प्रहरीका अनुसार मृतक घर्तीको शव परीक्षणका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।