विद्युतीय टिकट लागू नगर्ने आठ बस कारबाहीमा


न्युज अफ नेपाल, पोखरा । विद्युतीय टिकट लागू नगरेको भन्दै पोखरा महानगरपालिकाले बुधबार आठओटा बसलाई कारबाही गरेको छ । पोखरा १३ वडाध्यक्ष दर्शन लामाको संयोजकत्वमा गएको अनुगमन टोलीले विद्युतीय टिकट लागू नगरेका बसलाई कारबाही गरेको हो ।
पृथ्वीचोकदेखि चिप्लेढुंगा रुटमा चल्ने गाडी अनुगमन गरेको थियो । पहिलो पटकका लागि नियन्त्रणमा लिएका बसलाई अर्को आइतबारसम्म विद्युतीय टिकट सुरु गर्ने गरी छोडिएको र अटेरी गरे जरिवाना गरिने प्रहरीले बताएको छ ।
विद्युतीय टिकट सुरु नगर्ने सवारी साधनलाई कुनै पनि हालतमा नछोड्ने महानगरपालिकाले बताएको छ ।

भदौ १ गतेदेखि महानगरपालिकाले लागू भइसकेको छ । विद्युतीय टिकट सुरु भएपछि यात्रुले महानगरभित्र छोटो दूरीका बसमा समेत टिकट यात्रा गर्नुपर्छ । विद्युतीय टिकटका लागि महानगरले ओम डेभलपमेन्ट बैंकको सहकार्यमा स्मार्ट कार्ड वितरत सुरु गरेको छ ।

पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्र ३ लाख स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ । विद्युतीय टिकट लागू गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिने तालिमसमेत दिइसकेको छ ।