रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

उच्च अदालत पाटनको हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ ।

लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मुद्दामा जिल्ला अदालत चितवनले दिएको आदेशविरूद्ध हेटौंडा इजलासमा निवेदन दिएका थिए। उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो।

लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गर्दै निवेदन दिएका थिए।

पुडासैनीलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो।