प्रम ओलीलाई भेट्न आज सिंगापुर जाँदै गौतम

0
Shares

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख बामदेव गौतम बुधबार सिंगापुर जाँदै हुनुहुन्छ ।

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गौतम सिंगापुर जान लाग्नुभएको हो ।

उहाँ दिउँसो १ बजेपछि सिंगापुर जाने तय भएको गौतमको निजी सचिवालयले जनाएको छ । उहाँ मंगलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाने भनिए पनि पछि नजाने भनिएको थियो ।

त्यसपछि महासचिव पौडेल मात्रै मंगलबार सिंगापुर जानु भएकोमा बुधबार संगठन विभाग प्रमुख गौतम पनि त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार प्रक्रिया बुधबार सकेर शुक्रबार स्वदेश फर्कने तयारी छ । महासचिव पौडेल र संगठन विभाग प्रमुख गौतम अब प्रधानमन्त्री ओलीसँगै शुक्रबार नै फर्कने योजना रहेको सचिवालयले जनाएको छ ।