सीसीआरसी सेमिफाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित गर्यो।

सीसीआरसीका सफल मगरले १४ अंक जोडे। ब्वाइजमै गोल्डेनगेट, ट्रिनिटी र न्यु जेनिथ पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए। गोल्डेनगेटले एलआरआईलाई ५४–४१ ले हरायो। गोल्डेनगेटका कौशल शर्माले २० स्कोर गरे।

ट्रिनिटीले ज्ञान निकेतनको यात्रा ६९–६१ ले पूर्णविराम लगायो। ट्रिनिटीका किरण कँडेलले १८ अंक जोडे। मोर्गन विरुद्धको खेलमा न्यु जेनिथ ७०–६३ ले विजयी भयो। न्यु जेनिथका विशाल राईले २९ अंक जोडे।