एसियन र चैतन्यको जित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।एसियन र चैतन्यले १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन्। एसियनले विज किड्सलाई ५७–२१ ले पराजित गर्यो। एसियनका पारस र मोहितले समान १६ अंक जोडे। चैतण्यले सेवा सदनलाई १७–८ ले हरायो। चैतण्यका समिर लम्सालले ७ स्कोर गरे।

सिनियर ब्वाइजमै हेम्सले न्यु डनबस्कोलाई २३–१० तथा लिटिल फ्लावरले स्नो एपेक्सलाई २३–१६ ले पाखा लगाए। हेम्सका सुब्रद रायले ६ तथा लिटिल फ्लावरका विज्ञान अधिकारीले १५ अंक जोडे। जुनियर ब्वाइजमा काठमाडौं जेभियरले लिटिल फ्लावरमाथि ११–५ को जित निकाल्यो।काठमाडौं जेभियरका आदित्य अधिकारीले १० स्कोर गरे।

सिनियर गल्र्समा स्पाङगेलले चैतन्यलाई ९–२, एसियनले केइएसलाई १५–६, स्वप्न वाटिकाले काठमाडौं नेसनललाई १८–६ र अक्सिडेन्टलले एआईएलाई ५–३ ले पन्छायो। स्पाङगेलकी रेशिका केसीले ६, एसियनकी आस्था महर्जनले १०, स्वप्न वाटिकाकी आर्जु चहरले ८ र अक्सिडेन्टलकी एलिनाले ४ अंक जोडे।