पुबुदु भैरहवा ग्लाडियटर्सका प्रशिक्षक बने

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीको सफलताका साथ प्रशिक्षक बनेका पुबुदु दासनायके फेरि एकपटक नेपाली क्रिकेटसँग जुधेका छन्। श्रीलंकाली प्रशिक्षक पुबुदु यस पटक राष्ट्रिय टोलीको नभई भैरहवा ग्लाडियटर्सका प्रमुख प्रशिक्षकमा नियुक्त भएका हुन्।

अर्को सिजनमा हुने एभरेस्ट प्रिमियर लिगका लागि उनी भैरहवाका प्रशिक्षक बनेका छन्। शरद भेषवाकर कप्तानी भएका भैरहवा टोलीलाई उनको उपस्थितले आगामी सिजनको प्रिमियर लिगको उपाधि जित्ने आसा गरिएको छ।

एक सिजनका लागि मात्रै सो पदमा रहने पुबुदुले भैरहवा ग्लाडियटर्समा आबद्ध हुन पाएको उत्साहित भएको बताए। उनले भने– ‘भेरहवा ग्लाडियटर्स टोलीमा आबद्ध हुन पाउँदा म साँच्चिकै खुशी छु। नेपाल मेरो मुटुको धेरै नजिक रहेको छ। फेरि एकपटक नेपाली क्रिकेटमा योगदान दिन पाउँदा उत्साहित छु।

पुबुदुले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि २०१३ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन तीनका साथै बंगलादेशमा २०१४ मा भएको आईसीसी विश्व टी २० प्रशिक्षण गरेका थिए। हाल नेपाली क्रिकेटको उचाइ बढ्नुमा उनको योगदान धेरै रहेको छ।