नेपाल समाचारपत्र, खोटाङ।जिल्लामा तत्कालीन सङ्घीय समाजवादी र नयाँ शक्ति पार्टीबीच समायोजन भई बनेको समाजवादी पार्टीको कार्य समिति बनेको छ। केन्द्रीय समिति एकीकरण भएपछि दुई पार्टीबीच जिल्लामा समेत समायोजन सम्पन्न भएको हो।
टंकबहादुर थापाको अध्यक्षतामा समाजवादी पार्टीको १ सय ५१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। १३ सदस्यीय पदाधिकारी रहेको समितिको उपाध्यक्षमा मणी राई, पिके खम्बू, नैन कट्वाल, वशन्ती राई र नविनकिशोर राई चयन भएका छन्।
यस्तै, सचिवमा जीवराज पोखरेल र देवकुमार राई, सह–सचिवमा टिकाराम राई, वीरेन्द्रकुमार दर्नाल र आशिष राई, कोषाध्यक्षमा सावित्री राई र रुपा उदासलाई चयन गरिएको समाजवादी पार्टीले जानकारी गराएको छ।जिल्लाका स्थानीय तहमा संगठन विस्तार गरेपछि जिल्ला समिति समायोजन गरिएको समाजवादीले जनाएको छ।
समाजवादी पार्टीले आइतबार दिक्तेलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जिल्ला समितिको पदाधिकारी तथा सदस्यको नामावली सार्वजनिक गरेको हो।मायोजनसँगै केशवराज कार्कीको संयोजकत्वमा अनुगमन तथा वार्ता संवाद समिति तथा मणि राईको संयोजकत्वमा जनवर्गीय तथा पेशागत संगठन समायोजन जिल्ला स्तरिय कार्यदल गठन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो।
यस्तै, जिल्लाका १० वटै स्थानीय तह र ७९ वडामा वडा समिति गठन तथा पुर्नगठनका लागि संयोजक तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। शभम् फाउन्डेसनको सभाहलमा समाजवादीका केन्द्रीय सदस्य एवं कृषि तथा भू–व्यवस्थापन विभाग प्रमुख मदन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य भूराज राई, उमेश थापा, रमेश राई, देवराज राई, सनबहादुर राई, डा. केके राईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम समाजवादीका समायोजन समितिका संयोजक केशव कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा राप्रपाका नेता सिताराम राई, नेकपाका नेता अशिष राई, प्रवचन राईलगायतका नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।











प्रतिक्रिया