काभ्रे (नेस)
नेवाः पत्रकार राष्ट्रिय दबू काभे्रेमा सिद्धिबहादुर कर्माचार्यको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन भएको छ ।
काभ्रे शाखाको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उपाध्यक्षमा सोमकाजी शाक्य,सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्षमा निरञ्जुल कायस्थ, सहसचिव (महिला) मा राज्यलक्ष्मी श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरु तुयुकाजी ताम्राकार, सुरेन्द्रकुमार श्रेष्ठ, विकु नारायण ताम्राकार, प्रशान्त श्रेष्ठ हुनुहुन्छ ।
यसअघि अधिवेशनको उद्घाटन पत्रकार दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले गर्नुभएको थियो ।
सो अवसरमा केन्द्रीय अध्यक्ष महर्जनले समावेशी पत्रकारिताका लागि विभिन्न पत्रकारसंग सम्बन्धित संस्थाहरुसंग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
सो अवसरमा केन्द्रीय सचिव के.के मानन्धर, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र केन्द्रीय सदस्यद्वय नवीन जोशी, रचना श्रेष्ठ लगायतले पत्रकारिताको माध्यमबाट सबै वर्ग, जाति सुमदायको आवाजलाई मुखरित गराउन समावेशी हुनुपर्नेमा जोड दिँदै आ आफ्नो भनाई राख्नुभयो ।











प्रतिक्रिया